Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी ओलीको उपचार प्रभावकारी बनाउन अदालतको आदेश


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १५ २०८२
  • 1.4K
    SHARES

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचारको व्यवस्था गर्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिँदै उपचारसम्बन्धी आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो ।

आदेशमा भनिएको छ, ‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने हुँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न यो आदेश गरिदिएको छ ।’

पक्राउलगत्तै अस्पताल भर्ना भएका ओली बिरामीकै कारण इजलासमा भर्चुअल माध्यमबाट उपस्थित भएका थिए ।

उनीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन घटनासम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

त्यस समयमा केपी शर्मा ओली प्रधानमन्त्री तथा रमेश लेखक गृहमन्त्री रहेका थिए ।

आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित आयोगले ओली र लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४