Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा ३८ विपद्का घटना: ३ जनाको मृत्यु, १ करोड १४ लाखभन्दा बढीको क्षति


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०८२
  • 1.8K
    SHARES

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लाहरूमा ३८ वटा विपद्का घटनाहरू दर्ता भएका छन् ।

यी घटनाहरूमा परी ३ जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन् । प्राधिकरणको पछिल्लो बुलेटिनअनुसार यस अवधिमा १ करोड १४ लाख ७२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

आगलागी र सर्पदंशबाट मानवीय क्षति

प्राधिकरणकाअनुसार आगलागीका १५ वटा घटनाहरूमा परी २ जनाको मृत्यु भएको छ । आगलागीबाट १३ जिल्ला प्रभावित भएका छन् भने एक जना घाइते भएका छन् । त्यस्तै, सर्पदंशका २ घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । आगलागी नियन्त्रण र उद्धारका लागि ६३ जना प्रहरी परिचालन गरिएको थियो ।

विपद्का घटनाहरूको विस्तृत विवरण

पछिल्लो २४ घण्टामा बाढीका ५, पहिरोका ४, चट्याङका ५, र हावाहुरीका ३ वटा घटनाहरू भएका छन् । चट्याङका कारण ९ जना घाइते भएका छन् भने हावाहुरीबाट १ जना घाइते भएका छन् । बाढी प्रभावित क्षेत्रबाट ११ जनाको सफल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । यसैगरी, वन डढेलोका २, अविरल वर्षाको १ र जनावर आक्रमणको १ घटना दर्ता भएका छन् ।

वर्षभरिको भयावह तथ्याङ्क (२०८२ वैशाख १ देखि)

कुल विपद् घटनाहरू ७ हजार २ सय ७९ रहेका छन् । यी घटनाहरूबाट कुल मृत्यु हुनेको संख्या ४ सय ८१ रहेको छ भने बेपत्ता हुनेहरूको संख्या ३८ रहेको छ । त्यस्तै कुल घाइतेको संख्या १ हजार ९ सय ६ रहेको छ भने १३ हजार १ सय ५१ प्रभावित परिवार रहेका छन् ।

प्राधिकरणका अनुसार यस वर्ष वैशाख १ गतेदेखि हालसम्म आगलागीबाट सबैभन्दा बढी १०२ जनाको मृत्यु भएको छ भने बाढीबाट ३८ र पहिरोबाट ७६ जनाले ज्यान गुमाएका छन् । सर्पदंशका कारण ९८ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । विपद्का कारण हालसम्म १३ हजार १५१ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४