Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसद्वारा नवनिर्वाचित सांसदका लागि ‘संसदीय सचेतना’ कार्यक्रम


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०८२
  • 703
    SHARES

काठमाडौं — नेपाली कांग्रेस ले नवनिर्वाचित सांसदहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया, प्राथमिकता तथा प्रतिज्ञापत्रबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो।

पार्टीका महामन्त्री प्रदीप पौडेल का अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित सांसदहरूका लागि कार्यक्रम शनिबार बिहान ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु हुनेछ।

कार्यक्रममा सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरे ले प्रशिक्षण दिनेछन्।

यसका साथै संसदीय मामिलाका जानकार राधेश्याम खतिवडा र मुकुन्द शर्मा लाई विज्ञका रूपमा आमन्त्रण गरिएको छ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना तथा राष्ट्रियसभामा नौ जना सांसद निर्वाचित भएका छन्।

यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४