Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैत १३ मा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ, धार्मिक–सांस्कृतिक कार्यक्रमसहित विशेष तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ११ २०८२
  • 722
    SHARES

काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह को शपथग्रहण चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा हुने तय भएको छ।

उक्त समयमा उनले प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिएको छ। बालेन निकट स्रोतका अनुसार सो समय राष्ट्रपति कार्यालय लाई प्रस्ताव गरिएको र स्वीकृत भइसकेको छ।

शपथग्रहणपछि उनी दिउँसो २:१५ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमलाई विशेष बनाउन धार्मिक तथा सांस्कृतिक विधिहरू पनि समावेश गरिनेछन्। जसअनुसार ७ वटा शंखबाट शंखनाद गरिने, १०८ जना बटुकले स्वस्तिवाचन गर्ने तथा १६ जना भिक्षुबाट अष्टमंगल पाठ गरिने कार्यक्रम तय गरिएको छ।

शपथग्रहण समारोहलाई भव्य र परम्परागत शैलीमा सम्पन्न गर्ने तयारी गरिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४