Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपतिबाट शपथ लिँदै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसी, भोलि २७४ सांसदलाई शपथ खुवाउने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ११ २०८२
  • 1.5K
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराउँदै छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहान सवा ११ बजेका लागि शपथ ग्रहण समारोहको समय निर्धारण गरिएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसदमा निर्वाचित केसी हाल ७८ वर्ष पुगेका छन् । उमेरका हिसाबले सबैभन्दा पाका सांसद रहेकाले उनले सुरुमा शपथ लिने अवसर प्राप्त गरेका हुन् ।

आज राष्ट्रपतिबाट शपथ ग्रहण सम्पन्न गरेपछि ज्येष्ठ सदस्य केसीले भोलि (बिहीबार) प्रतिनिधिसभाका बाँकी २७४ जना सदस्यहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ । यसका साथै, प्रतिनिधिसभाले आफ्नो नयाँ सभामुख प्राप्त नगर्दासम्म संसद् बैठकको अध्यक्षता गर्ने संवैधानिक जिम्मेवारी पनि केसीले नै निर्वाह गर्ने छन् ।

देशको तल्लो सदन अर्थात् प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० गरी कुल २७५ जना सदस्यहरू निर्वाचित हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४