Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाह्रबिसे–कोदारी सडक स्तरोन्नति सुरु: २६ किमी राजमार्ग डबल लेनमा विस्तार हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १० २०८२
  • 1.5K
    SHARES

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु गरिएको छ। वर्षातका कारण क्षतिग्रस्त बनेको उक्त सडक सुधारका लागि सरकारले तीव्र गतिमा काम अघि बढाएको हो।

सडक विभाग ले अर्थ मन्त्रालय सँग २ अर्ब ३७ करोड रुपैयाँको स्रोत सहमति लिएपछि परियोजना कार्यान्वयनमा आएको हो।

ठेक्का सम्झौता र निर्माण प्रक्रिया

सडक डिभिजन चरिकोटले ठेक्का प्रक्रिया पूरा गरी गत मंसिरमा एमएस एनएस गाल्वा जे.भीसँग सम्झौता गरेको हो। १ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण कार्य सुरु गरिएको सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारी ले जानकारी दिएका छन्।

२६ किलोमिटर सडक डबल लेनमा

स्तरोन्नति अन्तर्गत बाह्रबिसेदेखि कोदारीसम्मको करिब २६ किलोमिटर सडकलाई दुई लेनमा विस्तार गरिनेछ।
हाल संरचना निर्माणका काम तीव्र गतिमा भइरहेको छ।

पहिरो जोखिमयुक्त क्षेत्रमा विशेष गरी ग्याविन वाल र प्वाइन्ट निर्माण भइरहेको छ। हालसम्म करिब ७ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ।

समयमै सम्पन्न हुने दाबी

निर्माण कम्पनी एमएस एनएस गाल्वा जेभीका सञ्चालक गौरी उप्रेती ले कुनै अवरोध नआए तोकिएको समयमै आयोजना सम्पन्न हुने बताएका छन्।

उनका अनुसार २०८२ मंसिर १ गते ठेक्का सम्झौता भएको र मंसिर २० गतेदेखि साइटमा काम सुरु गरिएको हो। अहिले संरचना निर्माणको काम तीव्र रूपमा अगाडि बढिरहेको छ।

रणनीतिक रूपमा महत्वपूर्ण अरनिको राजमार्ग अन्तर्गतको यो सडक स्तरोन्नतिले नेपाल–चीन सीमा क्षेत्रको यातायात, व्यापार र आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४