नेपाल वायुसेवा निगमद्वारा काठमाडौं–दुबई थप उडान घोषणा
जन प्रहार
प्रकाशित मिति
सोमबार, चैत्र ९ २०८२
779
SHARES
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ।
निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा तय गरिएको छ भने दुबई–काठमाडौं उडान २६ मार्चमा हुनेछ। त्यस्तै अर्को उडान २७ मार्चमा काठमाडौं–दुबईका लागि हुनेछ भने त्यसको फर्किने उडान २८ मार्चमा सञ्चालन गरिनेछ।
यी सबै उडानहरू काठमाडौंबाट स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा प्रस्थान गर्ने जनाइएको छ।
निगमले २८ फेब्रुअरीदेखि मार्चसम्म टिकट लिई यात्रा गर्न नसकेका यात्रुलाई प्राथमिकता दिने जनाएको छ। विशेषगरी २५ र २७ मार्चका उडानमा अत्यावश्यक यात्रुहरूले पुनः टिकट प्रमाणीकरण (revalidation) गरेपछि मात्र यात्रा गर्न पाउने व्यवस्था गरिएको छ।
साथै, उपलब्ध सिटका आधारमा पहिले सम्पर्क गर्ने यात्रुलाई पहिलो प्राथमिकता दिइने निगमले जनाएको छ।