Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परनिर्भरता बढ्दा व्यापार घाटा करिब ११ खर्ब पुग्यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ९ २०८२
  • 627
    SHARES

काठमाडौं । नेपालमा परनिर्भरता बढ्दै जाँदा व्यापार घाटा तीव्र रूपमा बढेको देखिएको छ।

भन्सार विभागका अनुसार गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार नेपालले भारत र चीनसहित पाँच प्रमुख मुलुकसँग मात्रै करिब १० खर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा व्यहोरेको छ। समग्रमा चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा व्यापार घाटा करिब ११ खर्ब रुपैयाँ पुगेको छ।

छिमेकी भारतसँग सबैभन्दा बढी व्यापार घाटा रहेको छ। भारतबाट ७ खर्ब २४ अर्ब ६ करोड रुपैयाँको आयात हुँदा १ खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँको निर्यात भएको छ, जसबाट ५ खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ घाटा भएको हो।

यस्तै चीनसँग पनि ठूलो व्यापार घाटा रहेको छ। चीनबाट २ खर्ब ७५ अर्ब ६६ करोड रुपैयाँको आयात हुँदा ९८ करोड ३३ लाख रुपैयाँको मात्र निर्यात भएको छ, जसबाट २ खर्ब ६४ अर्ब ६८ करोड रुपैयाँ घाटा देखिएको छ।

अन्य मुलुकमध्ये अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसियासँग पनि उल्लेखनीय व्यापार घाटा रहेको छ। त्यस्तै रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक र केन्यासँग भने तुलनात्मक रूपमा व्यापार नाफा रहेको विभागले जनाएको छ।

समग्रमा, उक्त अवधिमा १४ खर्ब ४० अर्ब ३६ करोड रुपैयाँको वैदेशिक व्यापार हुँदा १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ व्यापार घाटा रहेको तथ्यांक सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४