Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘नयाँ सोच, नयाँ बाटो’ भन्दै एमाले त्यागे ध्रुव अधिकारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ८ २०८२
  • 760
    SHARES

काठमाडौं । ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले नेकपा एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने संकेत गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै अधिकारीले एमालेसँगको आफ्नो लामो राजनीतिक यात्रा टुंग्याएको जानकारी दिएका हुन्। एमालेका सक्रिय नेतासमेत रहेका उनले अब नयाँ सोच, नयाँ दृष्टिकोण र फरक मान्यताका साथ जीवनको नयाँ अध्याय सुरु गर्ने निर्णय गरेको उल्लेख गरेका छन्।

उनले आफ्नो राजनीतिक यात्रामा साथ, सहयोग र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गर्दै अब परिवर्तनको बाटो रोज्ने निष्कर्षमा पुगेको बताएका छन्। अधिकारीले आफूले देश र समाजका लागि अझ प्रभावकारी ढंगले योगदान दिन सक्ने विश्वासका साथ नयाँ राजनीतिक गन्तव्य रोज्न लागेको जनाएका छन्।

उनको यो अभिव्यक्तिलाई रास्वपा प्रवेशको स्पष्ट संकेतका रूपमा हेरिएको छ। स्रोतका अनुसार उनी छिट्टै औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने तयारीमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४