Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कपिलवस्तुमा निषेधाज्ञाबारे आज सर्वदलीय बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ८ २०८२
  • 646
    SHARES

काठमाडौं । कपिलवस्तुमा शनिबारदेखि लागू गरिएको निषेधाज्ञाबारे थप निर्णय लिन आज बिहान सर्वदलीय बैठक बस्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार शनिबार दिउँसो २ बजेदेखि लागू गरिएको निषेधाज्ञा हालसम्म कायम रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले आइतबार बिहान साढे ८ बजे सर्वदलीय बैठक बसेर अवस्थाको समीक्षा गर्दै आवश्यक निर्णय गरिने जानकारी दिएका छन् ।

उनका अनुसार घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको छ भने आइतबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

महाराजगञ्ज नगरपालिका–२ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्वका क्रममा उत्पन्न विवाद चर्किँदै गएपछि प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । प्रशासनले बर्गदी पुलदेखि बहादुरगञ्ज चोक, महाराजगञ्ज बजार हुँदै हर्दौना क्षेत्रभित्र भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । निषेधाज्ञाकाबीच भएको झडपमा ५ जना प्रदर्शनकारी र २ जना प्रहरी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४