Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनी पिस म्याराथनमा आर्मीको वर्चश्व, विनोद र पूर्णलक्ष्मी विजेता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ७ २०८२
  • 779
    SHARES

काठमाडौं — त्रिभुवन आर्मी क्लब का विनोद रोकायाले चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ मा पहिलो स्थान हासिल गरेका छन्। महिला हाफ म्याराथनमा पनि आर्मीकै पूर्णलक्ष्मी न्यौपाने विजेता बनेकी छन्।

पवित्र लुम्बिनी मा सम्पन्न प्रतियोगितामा आर्मी क्लबको वर्चश्व कायम रह्यो। पुरुष म्याराथनमा शीर्ष तीन स्थान नै आर्मीका खेलाडीले कब्जा गरेका हुन्। विनोदले २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जिते। सुशीलकुमार शाही (२:१८:१६) दोस्रो र नरेन्द्र सिंह राउत (२:१९:५८) तेस्रो भए।

पुरुषतर्फ विजेता विनोदले ३ लाख ५० हजार, दोस्रो हुने सुशीलले २ लाख ५० हजार र तेस्रो हुने नरेन्द्रले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। शीर्ष दस स्थानभित्र पर्ने धावकहरूलाई पनि विभिन्न नगद पुरस्कार प्रदान गरिएको थियो।

महिला हाफ म्याराथनमा पूर्णलक्ष्मी न्यौपानेले १ घन्टा १७ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन्। साविक विजेता सन्तोषी श्रेष्ठ (१:१८:४०) दोस्रो भइन् भने निशा सार्की (१:१९:१९) तेस्रो, सुनसरी रोकाया चौथो र रुवान सिइङ पाँचौं स्थानमा रहे।

महिलातर्फ विजेता पूर्णलक्ष्मीले १ लाख ५० हजार, उपविजेता सन्तोषीले १ लाख, तेस्रो हुने निशाले ८० हजार, चौथो हुने सुनसरीले ५० हजार र पाँचौं हुने रुवानले ३० हजार रुपैयाँ प्राप्त गरे।

यसैगरी भेटरान्स ५ किमी दौडमा धर्म महर्जन पहिलो, रामचन्द्र श्रेष्ठ दोस्रो र रेवतबहादुर दाहाल तेस्रो भए। पुरुष ५ किमी खुल्ला दौडमा नेपाल पुलिस क्लब का नागेश्वर अहिर पहिलो, आर्मीका रुपेश कार्की दोस्रो र भारतका प्रिन्स निषाद तेस्रो भए।

५ किमी गर्ल्सतर्फ दीपशिखा शाही, स्वस्तिका शाही र अन्तिमा बुढा शीर्ष तीन स्थानमा रहे भने ब्वाइजतर्फ युवराज बुढा, रमेश बुढा र अरविन्द कुमार यादव क्रमशः पहिलो, दोस्रो र तेस्रो भए।

म्याराथनसँगै ३ किमी वाकाथन पनि आयोजना गरिएको थियो। कार्यक्रम नेपाल ओलम्पिक कमिटी को आयोजनामा तथा चिनियाँ दूतावासको सहयोगमा सम्पन्न भएको हो। विजेताहरूलाई कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४