Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा नयाँ सरकार गठनमा सक्रिय: बालेन्द्र शाह १३ चैतमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ६ २०८२
  • 1K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सरकार गठनको गृहकार्यमा व्यस्त छ। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार विधान संशोधन नगरी वरिष्ठ नेता बालेन्द्र शाह ले चैत १३ मा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारीमा छन्।

त्यही दिन सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी पनि भइरहेको छ। हाल कायम २२ मन्त्रालय रहेको संरचना घटाएर रास्वपा १८ मन्त्रालयसम्म सीमित गर्ने प्रयासमा छ। यसले प्रशासनिक खर्च घटाउने र निर्णय प्रक्रियामा तीव्रता ल्याउने लक्ष्य राखिएको छ।

महामन्त्री बुर्लाकोटीका अनुसार, प्रधानमन्त्रीको शपथ ग्रहणसँगै सानो आकारको मन्त्रिपरिषद् विस्तार गरिने र मन्त्रीहरूलाई पनि सोही दिन शपथ खुवाउने तयारी छ। रास्वपाले नयाँ सरकारले कार्यसम्पादन प्रभावकारी बनाउने र ‘छरितो, सुशासनयुक्त’ प्रशासनको पहिलो खाका तयार पार्ने दाबी गरेको छ।

पार्टीले साना मन्त्रिपरिषद् र संगठनात्मक व्यवस्थापन मार्फत जनतालाई प्रत्यक्ष महसुस हुने निर्णय गर्ने रणनीति अघि बढाएको बताइएको छ। सरकार गठनपछि प्राथमिकताका रूपमा सुशासन, मितव्ययिता र सेवा वितरणमा ध्यान केन्द्रित हुने रास्वपाले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४