Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैत १२ मा सांसदहरूको शपथ: संघीय संसद् सचिवालय को तयारी तीव्र


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ६ २०८२
  • 893
    SHARES

काठमाडौं । संघीय संसद् सचिवालय ले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आगामी चैत १२ गतेका लागि तय गरेको छ। सचिवालयले विशेष सूचना जारी गर्दै सबै निर्वाचित जनप्रतिनिधिहरूलाई बिहीबार दिउँसो २ बजे सिंहदरबार मा उपस्थित हुन आह्वान गरेको हो।

सचिवालयका अनुसार शपथ ग्रहण समारोह सिंहदरबार स्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना गरिनेछ। कार्यक्रम व्यवस्थित बनाउन सांसदहरूलाई निर्धारित समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन अनुरोध गरिएको छ।

शपथ कार्यक्रममा सहभागी हुने सांसदहरूलाई औपचारिक पोसाक वा आ–आफ्नो सांस्कृतिक तथा जातीय पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ। यसले संसद्मा नेपालको बहुसांस्कृतिक र बहुभाषिक विविधताको झल्को दिने विश्वास सचिवालयको छ।

साथै, नेपाली भाषाबाहेक मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि विशेष व्यवस्था गरिएको छ। इच्छुक सांसदहरूले शपथको विवरण सम्बन्धित भाषामा अनुवाद गरी कार्यक्रमभन्दा तीन दिनअघि नै सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखा वा आधिकारिक इमेलमार्फत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

शपथका क्रममा सांसदहरूले निर्वाचन आयोग बाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रतिलिपि तथा हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको तस्बिर अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ।

सचिवालयका महासचिव पद्म प्रसाद पाण्डे द्वारा जारी सूचनालाई देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित सांसदहरूसम्म पुर्‍याइएको छ। संसद्को नयाँ कार्यकालको सुरुवातसँगै हुने यो शपथ ग्रहण कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने तयारी तीव्र पारिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४