Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिउँदे वर्षाले भोजपुरका किसानमा नयाँ आशा: खडेरीपछि खेतमा फर्कियो हरियाली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०८२
  • 1.1K
    SHARES

भोजपुर । लामो समयदेखिको खडेरीपछि परेको हिउँदे वर्षाले भोजपुर का किसानमा उत्साह र खुसी छाएको छ। समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान वर्षासँगै राहत महसुस गर्न थालेका हुन्।

विशेषगरी गहुँ, मकै, आलु तथा विभिन्न तरकारी बालीका लागि यो वर्षा अत्यन्त उपयोगी बनेको टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय किसान अडिबहादुर विष्ट ले बताए। उनका अनुसार खडेरीका कारण हिउँदे बाली सुक्दै गएको अवस्थामा परेको वर्षाले किसानमा नयाँ आशा पलाएको छ।

‘लामो समयको खडेरीका कारण हिउँदे बाली सुक्ने अवस्थामा पुगेको थियो,’ उनले भने, ‘वर्षा भएपछि हामी किसान निकै खुसी भएका छौँ। अब बाली सप्रिन्छ भन्ने आशा बढेको छ।’

खेतबारीमा चिस्यान अभावका कारण ओइलिन थालेका बाली वर्षापछि पुनः हरियाली देखिन थालेका छन्। यसले उत्पादनमा वृद्धि हुने अपेक्षा किसानले गरेका छन्। सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसानका लागि त यो वर्षा झन् राहत बनेको छ।

स्थानीय किसानका अनुसार वर्षाअघि माटो अत्यधिक सुक्खा हुँदा बालीको वृद्धि प्रक्रिया प्रभावित बनेको थियो। तर, वर्षाले माटोमा आवश्यक चिस्यान उपलब्ध गराएपछि बालीको वृद्धि पुनः सक्रिय भएको छ।

यसले उत्पादन मात्र नभई बालीको गुणस्तरमा समेत सुधार आउने विश्वास किसानले व्यक्त गरेका छन्। विशेषगरी मकै छर्ने ‘सिजन’मै पानी परेपछि किसानलाई थप सहजता भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४