Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कैलालीमा ट्रकले ठक्कर दिंदा गोरुगाडामा सवार दम्पतीको मृत्यु, एक गोरु समेत मारियो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०८२
  • 1.5K
    SHARES

कैलाली । बुधबार राति कैलारी गाउँपालिका–५ बजैपुरस्थित सडक खण्डमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ। स्थानीय ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी सो दुर्घटनामा परी ज्यान गुमाएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिएको थियो। दुर्घटना लगत्तै दम्पती गम्भीर घाइते भएका थिए र उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याइयो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले सेतानु चौधरीलाई मृत घोषणा गरे भने कलसु चौधरीको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटनामा गोरुगाडामा बाँधिएको एक गोरु पनि मरेको छ भने अर्को गोरु घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

घटनामा संलग्न ट्रक र चालक ३३ वर्षीय रुबिन थापामगर, धनगढी उपमहानगरपालिका–३ बोराडाँडी बस्ने, प्रहरी नियन्त्रणमा छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको र कानूनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

दुर्घटना वारे स्थानीयवासी र सरोकारवालाहरूमा शोकको लहर छ, सडकमा गोरुगाडासहित यात्रु बोक्ने साधनको सुरक्षा कमजोर भएकोमा चासो व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४