Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व करिब ९८ हजार रुपैयाँ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३ २०८२
  • 1.2K
    SHARES

काठमाडौं। नेपाल सरकारको सार्वजनिक ऋण चालु आर्थिक वर्षको फागुन महिनासम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सरकारको आन्तरिक तथा बाह्य ऋण दुवैमा उल्लेख्य वृद्धि भएको देखिएको छ।

कार्यालयका अनुसार कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ भने बाह्य ऋण १५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। यो रकम नेपालको कुल गार्हस्थ उत्पादन (GDP) को आधारमा करिब ४७ दशमलव १३ प्रतिशत बराबर रहेको बताइएको छ।

चालु आर्थिक वर्षको सुरुवातमा भने सरकारको कुल ऋण दायित्व २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको थियो। पछिल्लो आठ महिनाको अवधिमा मात्र सरकारको ऋण २ खर्ब ४ अर्ब रुपैयाँले बढेको देखिएको छ।

सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। सो लक्ष्यअनुसार फागुनसम्ममा २ खर्ब ९५ अर्ब रुपैयाँ थप ऋण लिइसकेको तथ्यांकमा उल्लेख छ।

यस अवधिमा सरकारले ऋण व्यवस्थापनका लागि सावा र ब्याज भुक्तानी पनि गरेको छ। सरकारका अनुसार फागुनसम्ममा २ खर्ब ४२ अर्ब रुपैयाँ ऋणको सावा र ब्याज भुक्तानी गरिसकिएको छ। चालु आर्थिक वर्षभरमा कुल ४ खर्ब ११ अर्ब रुपैयाँ सावा–ब्याज भुक्तानी गर्ने लक्ष्य राखिएको छ।

यस्तै, केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ सालको जनसंख्या तथ्यांक (२ करोड ९१ लाख ६४ हजार ५७८) का आधारमा हिसाब गर्दा प्रतिव्यक्ति औसत ऋण दायित्व करिब ९८ हजार ६९१ रुपैयाँ पुगेको छ।

विशेषज्ञहरूले सार्वजनिक ऋणको वृद्धि व्यवस्थापन गर्न उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्ने र ऋणको उपयोग प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४