Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोमबार विशेष: ‘अर्धनारीश्वर पूजा’ गरे शिवजी प्रसन्न हुने धार्मिक विश्वास


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । आज सोमबार हिन्दू धर्मावलम्बीहरूले भगवान शिवको पूजा आराधना गर्न उत्तम दिन मानिन्छ । धार्मिक विश्वासअनुसार, सोमबारमा शिवजीको पूजा गरे शिव चाँडै नै प्रसन्न हुने र इच्छित वर दिने विश्वास गरिन्छ ।

विशेषगरी यस दिन भक्तजनहरूले शिव मन्दिरमा गई ‘अर्धनारीश्वर पूजा’ गर्ने र ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गर्छन् । पूजा गर्ने क्रममा शिवपुराणको पाठ गर्दा पनि भगवान शिव प्रसन्न हुने विश्वास रहेको छ।

कुमारी स्त्रीहरूले राम्रो वर पाउनका लागि र विवाहित स्त्रीहरूले आफ्नो परिवारमा सुख, शान्ति र पतिको दीर्घायुका लागि पूजा गर्ने गर्छन् । यस दिन व्रत बस्दा एक-छाक मात्र भोजन गर्नुपर्छ भने खानामा नुन र तेल मिसाउन निषेध गरिएको छ।

भगवान शिव हिन्दू धर्मका प्रमुख देवतामध्ये एक हुन्। वेदमा यिनको नाम रुद्र भनिएको छ। शिव आफ्नो चेतनाको अन्तर्यामी स्वरूपका देवता हुन्। शिवको अर्धाङ्गिनी पार्वती हुन् र उनका दुई पुत्रहरू स्कन्द र गणेश हुन्।

हिन्दू धर्मका अनुसार ब्रह्मा संसारका सृष्टिकर्ता, विष्णु पालनकर्ता र शिव संसारका संहारकर्ता हुन्। शिवलाई प्राण अथवा जिवको रूपमा समेत चिनिन्छ। उनका अनुसार देहमा ब्रह्माको स्थान शिरमा, विष्णुको हृदयमा र शिवको कमरभन्दा तलको भागमा रहेको मानिन्छ। यसकारण शिवलाई शिवलिंगको रूपमा पूजाको केन्द्र बनाइएको छ।

शिवलाई योगीको रूपमा चित्रित गरिन्छ र उनी सौम्य एवं रौद्र दुवै रूपमा विख्यात छन्। अन्य देवताहरू भन्दा फरक मानिएको शिव सृष्टिको उत्पात, स्थिति र संहारका अधिपति हुन्। त्रिदेवहरूमा शिवलाई संहारको देवता मानिन्छ।

शिव अनादि हुन् र सृष्टिको आदिस्रोत पनि हुन्। काल, महाकाल र ज्योतिषशास्त्रमा आधार स्वरूप रहेका शिवलाई महादेव र महेश्वर भनेर समेत चिनिन्छ। यद्यपि शिव कल्याणकारी हुन्, उनले सधैं लय र प्रलय दुवैलाई आफ्नो अधीन राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४