Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेनी हाइड्रोपावरको आइपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०८२
  • 1.7K
    SHARES

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्टले आज (आइतबार)देखि प्राथमिक सेयर (आइपीओ) निष्कासन सुरु गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ खुला गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० करोड ८० लाख रुपैयाँ मूल्यको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

त्यसमध्ये १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। उक्त सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा बिक्री गरिने कम्पनीले जनाएको छ।

त्यसैगरी सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ करोड ५ लाख रुपैयाँ बराबरको १ लाख ४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका विदेशमा कार्यरत नेपालीहरूले आवेदन दिन सक्नेछन्।

आवेदन दिन चाहनेले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आवेदन अवधि छिटोमा चैत १५ गते बन्द हुनेछ भने माग नपुगेमा चैत ३० गतेसम्म लम्बिन सक्ने जनाइएको छ।

त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म सबै सेयरका लागि आवेदन नपरेमा बिक्री अवधि चैत १५ गतेसम्म थप हुन सक्ने बताइएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

यसका अतिरिक्त एनएमबी बैंकको सल्लेशी शाखा, लक्ष्मी सनराइज बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा तथा प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

विदेशमा रहेका नेपालीहरूले भने सी–आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४