काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नवलपरासी पश्चिमबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल विजयी हुनुभएको छ।
उहाँले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई ठूलो मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो। खनालले ४५ हजार २ सय ४१ मत प्राप्त गर्नुभएको छ भने चौधरीले ९ हजार ५ सय २ मत मात्रै प्राप्त गर्नुभएको छ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामप्रसाद पाण्डेयले ७ हजार ९ सय ५६ मत प्राप्त गर्नुभएको छ।
यसैगरी जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठीले ७ हजार ८ सय ३२ मत प्राप्त गर्नुभएको छ।