Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोलि प्रतिनिधिसभा निर्वाचन: तयारी अन्तिम चरणमा, १ करोड ८९ लाख बढी मतदाता मतदानमा सहभागी हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २० २०८२
  • 855
    SHARES

काठमाडौं । जेनजी आन्दोलनपछि यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब एक दिन मात्रै बाँकी रहेको छ। निर्वाचन आयोगले बिहीबार हुने मतदानका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

आयोगका अनुसार छिटपुट काम बाहेक अधिकांश तयारी पूरा भइसकेको छ। चुनाव सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागसहितको एकीकृत सुरक्षा टोली ७७ वटै जिल्लाका मतदान केन्द्रमा परिचालन भइसकेको छ।

सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुगिसकेका छन्। बुथ निर्माण, सामग्री व्यवस्थापन र सर्वदलीय समन्वयका काम तीव्र रूपमा भइरहेका छन्। हिमाली जिल्ला डोल्पाका २० र हुम्लाका ४ गरी २४ दुर्गम स्थानमा हेलिकोप्टरमार्फत सामग्री ढुवानी गरिएको छ। दुर्गम क्षेत्रमा कर्मचारी र सुरक्षाकर्मीसमेत खटिसकेका छन्।

निर्वाचनलाई शान्तिपूर्ण र सौहार्दपूर्ण बनाउन प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म सर्वदलीय बैठक सम्पन्न गरिएको आयोगले जनाएको छ। सुरक्षा निकायका अनुसार अहिलेसम्म चुनाव बिथोल्ने प्रयासमा संलग्न १ सय ७६ जनालाई पक्राउ गरिएको छ। केही स्थानमा शंकास्पद वस्तु फेला परे पनि सुरक्षा संयन्त्रले निष्क्रिय पारेको बताइएको छ।

आयोगले गाडी पासको दुरुपयोग नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान आवश्यकता अनुसार सञ्चालन हुने जनाएको छ। सार्वजनिक बिदाका कारण वित्तीय सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले चुनाव अवधिमा आवश्यक बैंकिङ सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ।

मौसम पनि अनुकूल रहने पूर्वानुमान गरिएको छ। मतदानको दिन ठूलो वर्षा नहुने र पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भए पनि समग्रमा मौसम सफा रहने मौसमविद्ले बताएका छन्।

बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। आयोगले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ। यसपटक कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्। देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४