Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनअघि सेयर बजारमा उत्साह, नेप्से २७ सय अंक पार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १९ २०८२
  • 2.4K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअघि सेयर बजारमा उत्साह देखिएको छ। मंगलबार बजार परिसूचक ३८.५२ अंकले बढेर २७१२ बिन्दुमा कायम भएको छ। अब बजार निर्वाचनपछि सोमबारदेखि मात्रै खुल्नेछ।

करिब १० दिनअघिदेखि बजारमा सकारात्मक रुझान देखिएको छ। फागुन १० यता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९८ अंकले बढेको छ। सो दिन नेप्से २६१४ बिन्दुमा थियो। कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ५ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ।

व्यापारबाहेकका सबै समूहका सूचक बढेका छन्। व्यापार समूह ०.८४ प्रतिशतले घट्दा बैंकिङ १.६४, विकास बैंक १.५९, फाइनान्स १.४३, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर २.१३, लगानी १.५२, जीवन बीमा १.०५, उत्पादन तथा प्रशोधन १.४९, माइक्रोफाइनान्स १.६६, निर्जीवन बीमा १.११ तथा अन्य समूह १.०३ प्रतिशतले बढेका छन्।

व्यक्तिगत कम्पनीतर्फ साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै पञ्चकन्या माइ हाइड्रोपावर ९.८९, रिलायन्स स्पिनिङ मिल्स ९.८२, मोलुङ हाइड्रोपावर ६.१८ र लक्ष्मी लघुवित्त ६.०९ प्रतिशतले बढेका छन्। शुभम् पावरको मूल्य भने सबैभन्दा धेरै २.५३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, रिडी पावर, एसवाई प्यानल, मञ्जुश्री फाइनान्स तथा ङादी ग्रुप अग्रस्थानमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४