Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरानी आक्रमणपछि यूएईका विमानस्थल सीमित उडानमा, इरानले खाडी देशप्रति शत्रुता नरहेको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १९ २०८२
  • 3.4K
    SHARES

एजेन्सी । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरे लगत्तै उडान रद्द भए पनि सोमबार रातिदेखि सीमित रूपमा पुनः सञ्चालनमा आएका छन्।

आबुधाबी विमानस्थल प्रशासनका अनुसार तीन दिनपछि मात्रै सीमित सङ्ख्यामा उडान शुरु भएको हो र आक्रमण अघिकै पूर्ण सञ्चालनमा फर्किन अझै समय लाग्ने बताइएको छ।

इरानले खाडीका देशप्रति आफ्नो कुनै शत्रुता नभएको दाबी गरेको छ। अमेरिकी–इजरायलको संयुक्त हवाई आक्रमणपछि मध्यपूर्वमा जवाफी कारबाही गर्दै इरानले छिमेकीसँग कुनै शत्रुता नरहेको स्पष्ट पारेको छ।

इरानका विदेशमन्त्री अब्बास अराघची ले अमेरिकी सैन्य अखडा लक्षित आक्रमण भएको र यसलाई खाडी देशविरुद्धको आक्रमणको रूपमा हेर्न नहुने जानकारी समाचार संस्था एएफपीले प्रदान गरेको छ।

यसैबीच, अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी, रक्षामन्त्री अमिर नसिरजादेह सहित केही सैन्य अधिकारी मारिएका छन्।

इरानले खाडी देशप्रति शत्रुता नरहेको भने पनि दुबई, अबुधाबी र कुवेतका विमानस्थल निशानामा परेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४