Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्व एमाले सदस्य सुजन पौडेल कांग्रेस उम्मेदवारको पक्षमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १७ २०८२
  • 2.2K
    SHARES

काठमाडौं । नेकपा एमालेका पूर्व जिल्ला सदस्य सुजन पौडेल (रमेश बाहुन)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस **रामचन्द्र खड्का**लाई सघाउने घोषणा गरेका छन्।

शनिबार लिखु तामाकोशी गाउँपालिकामा आयोजित कांग्रेसको चुनावी कार्यक्रम तथा घरदैलो अभियानमा पौडेलले उम्मेदवार खड्काको पक्षमा मत माग्दै सहभागिता जनाए। उनले रामेछापमा खड्काको विजयका लागि आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

वि.सं. २०६४ सालमा एमाले अध्यक्ष **केपी शर्मा ओली**को हातबाट पार्टी सदस्यता लिएका पौडेल तत्कालै जिल्ला समिति सदस्य पदमा मनोनित भएका थिए। केही समय एमालेमा सक्रिय राजनीति गरे पनि पछिल्लो समय उनी वैदेशिक व्यवसायमा सक्रिय थिए।

रामेछाप काँग्रेसले पौडेल र उनको टिमको समर्थनले आगामी निर्वाचनमा थप सहजता हुने जनाएको छ। यस घटनाले रामेछापको राजनीतिक समीकरणमा नयाँ चर्चा सुरु गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४