Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरानमाथि संयुक्त आक्रमणमा सर्वोच्च नेता खामेनीसहित उच्च अधिकारीको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १७ २०८२
  • 2.7K
    SHARES

एजेन्सी । अमेरिका र इजरायलले तेहरान मा गरेको संयुक्त आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित इरानका अति शक्तिशाली व्यक्तित्वहरूको मृत्यु भएको छ।

इरानी सरकारी समाचार संस्था IRNA ले सर्वोच्च नेताका प्रमुख राजनीतिक सल्लाहकार तथा प्रतिरक्षा परिषदका सचिव अली सामखानी र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स का कमाण्डर-इन-चिफ मोहम्मद पाकपोर को मृत्यु पुष्टि गरेको छ। इरानी सञ्चारमाध्यमहरूले खामेनीलाई ‘शहीद’ को संज्ञा दिँदै उनको निधनले देशमा अपूरणीय क्षति पुगेको जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले खामेनी मारिएको घोषणा गरेको केही घण्टापछि इरानले पनि आइतबार यसको आधिकारिक पुष्टि गरेको थियो। राष्ट्रपति ट्रम्पले खामेनीको उत्तराधिकारीबारे आफ्ना योजना रहेको र आवश्यकता परे थप आक्रमण जारी राख्ने चेतावनी समेत दिएका छन्। यस आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नातिको पनि मृत्यु भएको समाचारमा उल्लेख छ। इरानले घटनापछि ४० दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ।

सर्वोच्च नेता खामेनीको निधनपछि इरानी संविधानअनुसार देश सञ्चालनका लागि नयाँ प्रक्रिया शुरु भएको छ। अब इरानी राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्डियन काउन्सिल का एक धर्मगुरु मिलेर देशको नेतृत्व सम्हाल्ने भएका छन्।

अर्कोतर्फ, इजरायलले इरानमाथि नयाँ आक्रमण शृङ्खला शुरु भएको घोषणा गरेको छ भने यूएई र बहराइनमा पनि इरानी पक्षबाट जवाफी आक्रमण भएको विवरण सार्वजनिक भएका छन्। यी सबै घटनाक्रम अमेरिकी राष्ट्रपति ट्रम्पको योजना अनुसार भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४