Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तान–अफगानिस्तान तनाव : राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायको संयमताका लागि अपिल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १६ २०८२
  • 2.7K
    SHARES

काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच बढ्दो तनाव कम गर्न संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले अपिल गरेका छन्।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै देशलाई संयम अपनाउन र तनाव मत्थर पार्न आह्वान गरेका छन्। यसैबीच चीन, साउदी अरब र कतारले पनि युद्ध रोक्न कूटनीतिक प्रयास सुरु गरेका छन्।

कतारसँगको समन्वयमा साउदी अरबले दुई देशबीचको अवस्था नियन्त्रणभन्दा बाहिर जान नदिन पहल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री मौलवी अमिर खान मुत्ताकीले कतारका प्रमुख वार्ताकार मोहम्मद अल–खुलाइफीसँग टेलिफोन संवाद गरेका छन्। यस्तै साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानले पाकिस्तानी समकक्षी इशाक दारसँग पनि वार्ता गरेका छन्।

चीनले पनि हिंसात्मक झडप अन्त्य गर्न तत्काल युद्धविरामको आह्वान गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमार्फत दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको सिन्ह्वा समाचार संस्थाले जनाएको छ।

यसअघि पाकिस्तानले काबुलसहित अफगानिस्तानका प्रमुख शहरमा हवाई आक्रमण गरेको थियो। त्यसअघि बिहीबार राति अफगान सेनाले पाकिस्तानी सीमा सेनामाथि आक्रमण गरेको बताइएको छ। पाकिस्तानका रक्षामन्त्रीले अफगानिस्तानसँग ‘खुला युद्ध’ को घोषणा गरिसकेका छन्।

गत अक्टोबरमा पनि सीमा क्षेत्रमा भएको झडपमा दुवै पक्षका ठूलो संख्यामा सैनिक मारिएका थिए। त्यसबेला टर्कीए, कतार र साउदी अरबको पहलमा युद्धविराम गरिए पनि त्यो दीर्घकालीन रूपमा लागू हुन सकेको थिएन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४