Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुशीला कार्कीसँग चिनियाँ राजदूत चाङ माओमिङको शिष्टाचार भेट


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १५ २०८२
  • 1.1K
    SHARES

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले सिंहदरबारमा आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री कार्कीले राजदूत माओमिङलाई कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गर्दै विश्वास व्यक्त गरिन् कि उनी दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ।

चिनियाँ राजदूत माओमिङले मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन कायम गर्दै शान्तिपूर्ण निर्वाचन हुने सुनिश्चितता भएको भन्दै प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गरे। उनले नेपालका लोकतान्त्रिक प्रक्रियामा चीनको साथ र सहयोग रहेको पनि उल्लेख गरे।

भेटका क्रममा दुवै पक्षले नयाँ वर्ष (घोडा वर्ष) को अवसरमा शुभकामना आदानप्रदान गरेका थिए। प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको र एक चीन नीति अवलम्बन गर्दै आएको स्पष्ट पारिन्। उनले क्षेत्रीय शान्ति र स्थायित्वका लागि आपसी सहकार्य मजबुत बनाउने आवश्यकता पनि औँल्याइन्।

राजदूत माओमिङले नेपाल सरकारको नीति र अडानका लागि चीनको तर्फबाट धन्यवाद सन्देश सुनाए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४