Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जल तथा मौसम विज्ञान विभाग: पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १५ २०८२
  • 2.9K
    SHARES

काठमाडौं । नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पर्दा देशका विभिन्न भागको मौसममा परिवर्तन आएको छ। यसकै प्रभावस्वरूप आज देशका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मौसम साधारणतया बदली रहनेछ। बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भने आंशिक बदली हुनेछ।

यी तीन प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै, सोही क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातसमेत हुने प्रक्षेपण गरिएको छ।

तराईका जिल्लाहरूमा दिउँसोको समयमा मौसम मुख्यतया सफा रहने भए पनि बिहानपख केही स्थानमा हुस्सु लाग्ने जनाइएको छ।

आज रातिको समयमा पनि देशका हिमाली भेगमा मौसम साधारणतया बदली रहनेछ। पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ भने तराईको मौसम प्रायः सफा रहनेछ। यद्यपि, रातिको समयमा तराईका केही सीमित स्थानमा तुवाँलो लाग्न सक्ने अनुमान छ।

महाशाखाको पछिल्लो बुलेटिनअनुसार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।

मौसममा आएको परिवर्तनसँगै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४