Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुष्पकमल दाहाल प्रचण्ड ले चुनाव नहुने भ्रम फैलाउने गतिविधिप्रति आपत्ति जनाए


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ९ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले इतिहासमा फ्याँकिएका केही व्यक्तिहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन्।

शनिबार काठमाडौंमा नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटी द्वारा आयोजित कार्यक्रममा प्रचण्डले चुनाव निश्चित भइसकेको अवस्थामा यस्तो भ्रम फैलाउन नहुनेमा जोड दिएका हुन्। उनले निर्वाचन नहुने हल्ला र प्रचारमा नलाग्न र दृढतापूर्वक तयारीमा जुट्न सबैमा अपिल गरे।

प्रचण्डले प्रतिक्रियावादी र प्रतिगामीहरूका चलखेल र हरकतहरूको निर्वाचन नजिकिँदै गर्दा केही अर्थ नरहेको टिप्पणी पनि गरे। उनले निर्वाचनलाई तुलनात्मक रूपमा अहिलेको सहज विकल्प भएको र नेकपाले सुरुदेखि नै दृढतापूर्वक निर्वाचनका विषयमा अडान लिएको धारणा राखे।

देशभरि नेकपाको प्रचार अभियान अगाडि बढ्दै जाँदा बाँकी दिन युद्धस्तरमा खट्न सके देशको नम्बर एक पार्टी बन्ने र नयाँ परिस्थिति सिर्जना गर्ने सम्भावना रहेको प्रचण्डको भनाइ थियो।

उहाँले केही दिन हावा हुरी आए जस्तो देखिए पनि सधैं नचल्ने कुरा जनताले बुझिसकेको उल्लेख गर्दै, वर्तमान चुनौतीपूर्ण घडीमा राष्ट्रलाई बचाई राख्ने र अतिवादका विरुद्ध लडेर देशलाई सन्तुलित विकासतर्फ लैजाने संकल्पमा नेकपा खडा रहेको जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४