Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिरियाबाट ११ अष्ट्रेलियाली परिवार फर्काउने प्रक्रिया अन्तिम समयमा स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ५ २०८२
  • 1.7K
    SHARES

एजेन्सी । सिरियाको उत्तरपूर्वी क्षेत्रमा रहेका इस्लामिक स्टेटसँग आवद्ध ११ अष्ट्रेलियाली परिवारको स्वदेश फिर्ती प्रक्रिया समन्वयको कमीका कारण अन्तिम समयमा स्थगित भएको छ ।

सोमबार ११ अष्ट्रेलियाली परिवारका ३४ जना सदस्यहरूलाई उत्तरपूर्वी सिरियाको रोज क्याम्पबाट फिर्ता लैजाने योजना बनाइएको थियो । तर सिरियाली अन्तरिम प्रशासनले आवश्यक समन्वय नपुगेको भन्दै उक्त प्रक्रियालाई बीचैमा रोकिदिएको छ । क्याम्प अधिकारी शेखमोस अहमदकाअनुसार परिवारहरूलाई दमास्कस पुग्नु अगावै क्याम्पमै फर्काउन आदेश दिइएको थियो । अधिकारीहरूकाअनुसार दमास्कस प्रशासनसँग समन्वय गरेर नयाँ मिति तय गरिने भएकाे छ ।

रोज क्याम्पकी निर्देशक हाकिमा इब्राहिमले हाल यस क्याम्पमा ४० भन्दा बढी देशका ७ सय ४२ परिवारहरू बसोवास गरिरहेको जानकारी दिनुभयो । सन् २०२६ को यो पहिलो स्वदेश फिर्ती प्रयास थियो । सिरियाली मानवअधिकार पर्यवेक्षककाअनुसार यस्तो स्वदेश फिर्तीका लागि क्याम्प प्रशासन, क्षेत्रीय स्वायत्त प्रशासन, विदेशी सरकारहरू र अमेरिकी नेतृत्वको गठबन्धनबीच कडा सुरक्षा र समन्वय आवश्यक पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४