काठमाडौँ । काठमाडौं नेशनल मेडिकल कलेज एण्ड टिचिङ ले फागुन ९ गते शनिबार बिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म निःशुल्क ‘सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर’ सञ्चालन गर्ने भएको छ।
शिविरमा विशेषज्ञ सर्जन र स्त्रीरोग विशेषज्ञले पाइल्स, एनल फिस्टुला, फिसर, हर्निया, हाइड्रोसिल, मिर्गौला/पित्तथैली ढुंगा, डायबेटिक फुट, प्रोस्टेट लगायतको जाँच र परामर्श उपलब्ध गराउनेछन्। स्त्रीरोग सेवामा महिनावारी अनियमितता, सेतो पानी बग्ने समस्या, पाठेघर झर्ने समस्या, पोस्ट–मेनोपोजल ब्लिडिङ, सन्तान नहुने समस्या, पीसीओडी र पाठेघरमा मासु पलाउने समस्या समावेश छ।
शिविरमा सहभागी बिरामीलाई विशेष छुट दिइनेछ। फलोअप शल्यक्रियामा ४०%, अल्ट्रासाउन्डमा ५०%, अन्य परीक्षणमा ३०% छुट उपलब्ध हुनेछ। साथै पिसाब र रगतमा चिनी जाँच निःशुल्क हुनेछ।
अस्पतालले आवश्यक परे अग्रिम दर्ता गर्न आग्रह गरेको छ।
