Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन खर्चका लागि बैंक खाता खोल्ने उम्मेदवारको संख्या हाल ६ सय ७१ मात्र


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ४ २०८२
  • 1.8K
    SHARES

काठमाडौँ । आगामी निर्वाचनका लागि प्रचारप्रसार खर्च पारदर्शी बनाउने उद्देश्यले लागू गरिएको बैंक खाता प्रणालीमा हालसम्म ६ सय ७१ उम्मेदवार मात्रै बैंक खाता खोलिसकेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार कुल ३,४०६ उम्मेदवार मध्ये करिब २० प्रतिशत मात्रले बैंक खाता खोलिसकेका हुन्।

आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था लागू गरेको छ। यसका लागि नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाहरूलाई सहजीकरण गर्न परिपत्र जारी गरेको थियो।

भट्टराईका अनुसार बैंक खाता खोल्ने प्रक्रिया देशभरै अघि बढिरहेको छ। यस क्रममा देखिएका समस्या समाधानका लागि आयोगले बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्दै आवश्यक सहजीकरण प्रदान गरिरहेको छ। यसै क्रममा सोमबार आयोगले बैंक तथा वित्तीय संस्थासँग छलफल कार्यक्रम आयोजना गरेको थियो।

छलफलमा खाताको सञ्चालन, व्यवस्थापन प्रक्रिया, बैंकहरूले निर्वाह गर्नुपर्ने सहयोग तथा निर्वाचन खर्चको पारदर्शिता सुनिश्चित गर्ने उपायबारे स्पष्टता दिइएको थियो। सहभागी बैंक तथा वित्तीय संस्थाहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भट्टराईले मतदाता शिक्षालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालन गर्ने मोबाइल एप, एटीएम मेसिन र डिजिटल डिस्प्लेमा मतदाता शिक्षा सामग्री समावेश गर्न आयोगले अनुरोध गरेको जानकारी दिए। उनले आयोगको छलफलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर र अर्थ मन्त्रालय का सम्बन्धित सहसचिव पनि सहभागी रहेको बताए।

निर्वाचन खर्चको पारदर्शिता, वित्तीय सुशासन र मतदाता शिक्षालाई प्रभावकारी बनाउन बैंक खाता प्रणालीलाई अझ प्रभावकारी बनाउन आयोगले बैंक तथा वित्तीय संस्थासँग लगातार समन्वय गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४