Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टुँडिखेलमा नेपाली सेनाको २६३ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ३ २०८२
  • 2.7K
    SHARES

काठमाडौं । नेपाली सेना ले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आइतबार टुँडिखेल मा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा आयोजित विशेष समारोहमा सैन्य परेड, शस्त्राभ्यास, तोप बढाइँ, कवाज तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । समारोहमा सेनाका २ हजार ५ सय २४ सैनिकले विशेष कला प्रदर्शनी, मार्चपास, हेलिकोप्टरबाट पुष्पगुच्छा अर्पण तथा राइफल र तोपबाट शिवरात्रि बढाइँ प्रस्तुत गरेका थिए ।

त्यसैगरी सैन्य टोलीले विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभूषा झल्कने नृत्य, कला र सङ्गीतको प्रस्तुति दिएको थियो । साथै शान्ति मिसनमा प्रयोग हुँदै आएका सवारी साधन, उपकरण र हतियारसमेत प्रदर्शन गरिएको थियो ।

समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्की लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४