Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७७ जिल्लामा ७ सय पर्यवेक्षक परिचालन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १ २०८२
  • 3.1K
    SHARES

काठमाडौं । आगामी फागुन २१ गते हुने चुनावका लागि निर्वाचन पर्यवेक्षण समिति नेपाल ले देशका ७७ वटै जिल्लामा ७ सय जना पर्यवेक्षक परिचालन गरेको जनाएको छ।

प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यसहित पर्यवेक्षक परिचालन गरिएको समितिले जनाएको हो। समितिका अनुसार स्वयंसेवक, अल्पकालीन, दीर्घकालीन तथा विशिष्ट विज्ञ पर्यवेक्षकहरूको क्रमिक परिचालनको तयारी भइरहेको छ। यस अन्तर्गत ४० जना दीर्घकालीन पर्यवेक्षकहरूले निर्वाचनका सम्पूर्ण विधि र प्रक्रियाको नजिकबाट अनुगमन गरिरहेका छन्।

पर्यवेक्षकहरूले निर्वाचन आयोग नेपाल, नेपाल सरकार, राजनीतिक दल, सुरक्षा निकाय, उम्मेदवार, सार्वजनिक पदधारण गरेका व्यक्ति, सञ्चारकर्मी, सामाजिक संघसंस्था तथा मतदातालगायत सम्पूर्ण सरोकारवालासँग समन्वय गर्दै निर्वाचन आचारसंहिता पालना भए–नभएको, प्रचारप्रसार खर्च र त्यसको स्रोतबारे अध्ययन गरिरहेका छन्।

समितिले कानूनसम्मत रूपमा शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष, स्वतन्त्र, मर्यादित, मितव्ययी तथा भयरहित निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाको सकारात्मक योगदान आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४