Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विनोद चौधरीको तीन वर्षे ‘रिपोर्ट कार्ड’ सार्वजनिक, जनतामाझ जवाफदेही बन्ने प्रतिबद्धता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २९ २०८२
  • 3.2K
    SHARES

काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार तथा केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन् ।

२०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएपछि जारी गरेको ३१ बुँदे घोषणापत्रअनुसार भएका प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्थासहितको विवरण उनले सार्वजनिक गरेका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा उनले तीन वर्षअघि गरेका प्रतिबद्धताहरूको सार्वजनिक मूल्यांकन प्रस्तुत गर्दै मतदातासामु आफ्नो कामको समीक्षा गर्न आग्रह गरेका छन् ।

रिपोर्ट कार्ड सार्वजनिक गर्दै चौधरीले लोकतन्त्रको मूल आधार नै मतदाताको प्रश्न गर्ने अधिकार भएको उल्लेख गरे । आफू जनताको अदालतमा जवाफदेही भएर उभिन तयार रहेको उनले स्पष्ट पारे ।

उनले भने, “प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो । मैले जारी गरेको प्रतिबद्धतापत्रअनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोधून् भन्ने चाहन्छु । जनताको अदालतमा उभिएर गरेका प्रतिबद्धताको एक–एक जवाफ दिनु मेरो जिम्मेवारी हो ।”

उनका अनुसार कांग्रेसले परिवर्तनको नारासहित अघि बढ्दा जनताका प्रश्नको उत्तर दिन सक्ने गरी काम गर्नुपर्ने जिम्मेवारी पनि आफूहरूले बुझेका छन् । त्यसैले तीन वर्षअघि सार्वजनिक गरिएको ३१ बुँदे घोषणापत्रको प्रगति विवरणसहित आफू जनतामाझ आएको उनले बताए ।

चौधरीका अनुसार ‘रिपोर्ट कार्ड’ को डिजिटल प्रति सार्वजनिक गरिएको छ भने यसको मुद्रित प्रति सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध गराइनेछ ।

उनले मतदातालाई प्रतिवेदन अध्ययन गर्न, आवश्यक जिज्ञासा राख्न र टोल–टोलमै पुगेर प्रत्यक्ष प्रश्न गर्न आग्रह गरेका छन् । यसलाई पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक संस्कृतिको अभ्यासका रूपमा आफूले लिएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४