Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भ्रष्टाचार नियन्त्रणमा नेपाल यथास्थितिमै, सीपीआईमा ३४ अङ्कमै सीमित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २८ २०८२
  • 1.4K
    SHARES

काठमाडाैं । नेपालले भ्रष्टाचार नियन्त्रणमा कुनै ठोस प्रगति गर्न नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) को पछिल्लो प्रतिवेदनले देखाएको छ ।

टीआईले आज सार्वजनिक गरेको भ्रष्टाचार धारणा सूचकाङ्क (सीपीआई) २०२५ अनुसार नेपालको स्कोर अघिल्लो वर्षकै जस्तै ३४ अङ्कमै सीमित रहेको छ । यसले देशमा भ्रष्टाचार नियन्त्रणका प्रयास प्रभावकारी हुन नसकेको संकेत गरेको छ ।

टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माका अनुसार ६ वटा अन्तर्राष्ट्रिय संस्थाले सन् २०२५ को अगस्टसम्म उपलब्ध सुशासनसम्बन्धी तथ्याङ्कका आधारमा नेपालको स्कोर निर्धारण गरेका हुन् । उहाँले नेपालले लामो समयदेखि ३५ भन्दा कम अङ्क प्राप्त गर्दै आएको जानकारी दिनुभयो । सीपीआईमा १०० अङ्कले भ्रष्टाचार रहित अवस्था र शून्य अङ्कले अत्यधिक भ्रष्ट अवस्थालाई जनाउँछ ।

सन् २०२५ मा विश्वका करिब दुई तिहाइ देशले १०० मा ५० भन्दा कम अङ्क प्राप्त गरेको उल्लेख गर्दै अध्यक्ष शर्माले ती देशहरू भ्रष्टाचार नियन्त्रणमा असफल रहेको सूचकाङ्कले देखाएको बताउनुभयो । नेपालको निरन्तर कम अङ्कले सत्तामा पुगेकाहरूले भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चाल्न नसकेको पुष्टि हुने उहाँको भनाइ छ ।

भदौ २३ र २४ मा देखिएको जेन–जी आन्दोलन तथा त्यस क्रममा मुलुकले व्यहोरेको अपूरणीय धन–जन क्षतिको मूल कारणमध्ये बढ्दो भ्रष्टाचार रहेको दाबीलाई पनि यस सूचकाङ्कले थप पुष्टि गरेको अध्यक्ष शर्माले बताउनुभयो ।

उहाँका अनुसार सन् २०२५ मा भ्रष्टाचारग्रस्त मुलुकहरूमा जेन–जी पुस्ताको नेतृत्वमा भ्रष्टाचारविरुद्ध आन्दोलनहरू देखिएका छन् । नेपाल, मडागास्कर, फिलिपिन्स र इन्डोनेसिया लगायतका देशमा युवाहरूले नेतृत्व तहको शक्ति दुरुपयोग, सुलभ सार्वजनिक सेवा, रोजगारी र आर्थिक अवसरबाट वञ्चित हुनुपरेको भन्दै सडक आन्दोलन गरेका छन् ।

जेन–जी तथा युवा आन्दोलनबाट राजनीतिक भ्रष्टाचार अन्त्य गर्ने स्पष्ट चाहना देखिएको उल्लेख गर्दै अध्यक्ष शर्माले आसन्न निर्वाचनमार्फत भ्रष्टाचारमा नमुछिएका, इमान्दार र प्रतिबद्ध नेतृत्व चयन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । यस्तो नेतृत्व चयन हुन सके मात्र दशकौँदेखि जकडिएको भ्रष्टाचार नियन्त्रणमा ठोस सुधार सम्भव हुने उहाँको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४