Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंको वायु गुणस्तर अस्वस्थ तहमा, एक्यूआई १७१


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २८ २०८२
  • 1.5K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा वायुको गुणस्तर लगातार खराब बन्दै गएको छ। आज बिहान वायु प्रदूषणको स्तर अस्वस्थताको तह नाघेको देखिएको छ।

रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डस्थित आईक्यू एयरका अनुसार समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७१ पुगेको छ। १५० नाघेपछि वायु गुणस्तरलाई अस्वस्थ मानिन्छ।

नेपाल सरकारले स्वीकृत गरेको सूचकांकअनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि खतरनाक तह मानिन्छ।

आज काठमाडौं समग्रमा संसारकै अस्वस्थ शहरहरूको सूचीमा १०औं स्थानमा परेको छ। सोही सूचीमा भारतको दिल्ली पहिलो र बंगलादेशको ढाका दोस्रो स्थानमा रहेका छन्। दिल्लीको वायु प्रदूषण खतरनाक तह अर्थात् ३०० नाघेको छ भने ढाकाको सूचकांक २८८ पुगेर निकै अस्वस्थ अवस्थामा रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४