Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोमबार शिव पूजा विशेष : भगवान शिवको आराधनाले सुख, शान्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २७ २०८२
  • 1.7K
    SHARES

काठमाडौं । हिन्दू धर्मअनुसार सोमबार भगवान शिवको पूजा–आराधनाका लागि विशेष महत्वको दिन मानिन्छ। धार्मिक मान्यता अनुसार यस दिन श्रद्धापूर्वक शिवजीको पूजा गरे छिट्टै प्रसन्न हुने र भक्तको मनोकामना पूरा हुने विश्वास गरिन्छ।

सोमबार शिव मन्दिरमा गई विशेषगरी ‘अर्धनारीश्वर पूजा’ गर्ने, शिवलिङ्गमा जल, बेलपत्र, धतुरो तथा दूध अर्पण गर्ने र ‘ॐ नमः शिवाय’ मन्त्र जप गर्ने परम्परा रहेको छ। यस दिन शिवपुराण पाठ गर्दा भगवान शिव प्रसन्न भई भक्तलाई वरदान दिने विश्वास पनि रहिआएको छ।

धार्मिक परम्पराअनुसार कुमारी युवतीले योग्य जीवनसाथी प्राप्तिको कामनासहित शिव पूजा गर्ने गर्दछन् भने विवाहित महिलाले पारिवारिक सुख–शान्ति र पतिको दीर्घायुको कामनाका लागि व्रत तथा पूजा गर्ने चलन छ। सोमबार व्रत बस्दा प्रायः एक छाक मात्र भोजन गर्ने र नुन–तेल रहित खानेकुरा सेवन गर्ने परम्परा पनि प्रचलित छ।

हिन्दू धर्मका प्रमुख देवतामध्ये भगवान शिवलाई विशेष स्थान दिइएको छ। वेदमा उनलाई ‘रुद्र’ नामले उल्लेख गरिएको पाइन्छ। शिवलाई चेतनाको अन्तर्यामी शक्ति मानिन्छ भने उनकी अर्धाङ्गिनी पार्वती र पुत्रहरू स्कन्द (कार्तिकेय) तथा गणेश हुन्। हिन्दू दर्शनअनुसार ब्रह्मा सृष्टिकर्ता, विष्णु पालनकर्ता र शिव संहारकर्ता मानिन्छन्।

शिवलाई योगी रूप, तपस्वी र तत्त्वज्ञानका प्रतीकका रूपमा चित्रण गरिन्छ। शिवलिङ्गको रूपमा पूजा गरिनु सृष्टिको मूल ऊर्जा र चेतनाको प्रतीक मानिन्छ। धार्मिक ग्रन्थहरूमा शिवलाई सौम्य तथा रौद्र दुवै रूपका अधिपति, साथै सृष्टि, स्थिति र संहारका नियन्ता भनेर वर्णन गरिएको छ।

‘शिव’ शब्दको अर्थ कल्याणकारी मानिए पनि उनले सृष्टिको लय र प्रलय दुवैलाई आफ्नो अधीनमा राखेको विश्वास छ। देवताका पनि देवता भएकाले उनलाई महादेव र ईश्वरका पनि ईश्वर भएकाले महेश्वर नामले चिनिन्छ। हिन्दू दर्शनमा शिवलाई अनादि, अनन्त र ब्रह्माण्डीय शक्तिको मूल स्रोतका रूपमा श्रद्धापूर्वक पूजा गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४