Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माई मार्टको अनलाइन किनमेल सेवा सुरु, मोबाइल एपमार्फत छिटो डेलिभरी सुविधा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २६ २०८२
  • 1.6K
    SHARES

काठमाडौं । माई मार्टले आफ्नो सेवा विस्तार गर्दै अब उपभोक्तासम्म सिधै अनलाइन किनमेल सेवा सुरु गरेको छ । नयाँ मोबाइल एप ‘माई मार्ट–डेलिभर्ड इन मिनेट्स’ मार्फत उपभोक्ताले दैनिक उपभोग्य सामग्रीहरू अर्डर गरेकै दिन छिटो डेलिभरीमार्फत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

डिजिटल प्रविधिको बढ्दो प्रयोग र उपभोक्ताको बदलिँदो किनमेल व्यवहारलाई ध्यानमा राख्दै माई मार्टले द्रुत डेलिभरीसहितको डाइरेक्ट टु कन्ज्युमर (D2C) मोडेल सञ्चालनमा ल्याएको हो । यसअघि व्यवसाय–देखि–व्यवसाय (B2B) मोडेलमार्फत सेवा दिँदै आएको कम्पनीले अब उपभोक्तामैत्री सेवा विस्तार गर्दै अनलाइन किनमेललाई अझ सहज बनाउने प्रयास गरेको जनाएको छ ।

कम्पनीका अनुसार बजारको माग, आन्तरिक तयारी तथा आपूर्ति प्रणालीको सफल परीक्षणपछि मात्रै नयाँ सेवा सुरु गरिएको हो । मोबाइल एप, अर्डर व्यवस्थापन, स्टक कन्ट्रोल र डेलिभरी सिस्टम पूर्ण रूपमा तयारी अवस्थामा पुगेपछि उपभोक्तालाई प्रत्यक्ष सेवा दिन थालिएको बताइएको छ ।

हाल यो सेवा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा उपलब्ध रहेको छ । आगामी दिनमा अन्य प्रमुख शहरहरूमा समेत सेवा विस्तार गर्ने योजना रहेको माई मार्टले जनाएको छ ।

माई मार्टले नेपाली उद्यमशीलता प्रवर्द्धन तथा स्वरोजगारी सृजनालाई प्राथमिकता दिँदै स्थानीय उत्पादनलाई डिजिटल बजारसँग जोड्ने लक्ष्य लिएको छ । स्वदेशी उत्पादकलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउन सहकार्य विस्तार गरिँदै कम्पनीले जनाएको छ ।

यस नयाँ मोडेलमार्फत रोजगारी सिर्जना, डिजिटलाइज्ड स्थानीय व्यवसाय प्रवर्द्धन तथा उपभोक्तालाई छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्य रहेको कम्पनीको भनाइ छ । माई मार्टको मोबाइल एप हाल गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४