Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अल्का अस्पतालद्वारा वाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २६ २०८२
  • 1.7K
    SHARES

काठमाडौं । अल्का अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर वाथरोग सम्बन्धी वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पताल परिसरमा सञ्चालन भइरहेको उक्त शिविर आइतवारदेखि सुरु भई माघ २७ र २९ गतेसम्म सञ्चालन हुने अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिएका छन् ।

उनका अनुसार शिविरमा वाथरोगसँग सम्बन्धित युरिक एसिड, आरएफ (रुमाटोइड फ्याक्टर), एन्टि–सीसीपी, ईएसआर, सीआरपी लगायतका महत्वपूर्ण प्रयोगशाला परीक्षणहरू निःशुल्क रूपमा उपलब्ध गराइएको छ । बाथरोग विशेषज्ञबाट प्रारम्भिक परीक्षणपछि आवश्यक सिफारिसका आधारमा किट टेस्टहरू समेत निःशुल्क गरिँदै आएको छ ।

यसैगरी वाथरोगका औषधि सेवन गरिरहेका बिरामीहरूलाई पनि निःशुल्क औषधि वितरण गरिएको अस्पतालले जनाएको छ । शिविरमार्फत विशेषज्ञ सेवा, परीक्षण तथा परामर्श एकै स्थानमा उपलब्ध गराइएकाले बिरामीहरूले सहज रूपमा स्वास्थ्य सेवा लिन पाएका छन् ।

वाथरोग विशेषज्ञ डा. श्रेया श्रेष्ठका अनुसार वाथरोग प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) मा गडबडी हुँदा देखिने दीर्घकालीन रोग हो । शरीरलाई बाह्य संक्रमणबाट जोगाउनुपर्ने प्रतिरक्षा प्रणालीले आफ्नै शरीरका जोर्नी, छाला तथा भित्री अंगहरूमा आक्रमण गर्दा वाथरोग उत्पन्न हुने उनले बताइन् ।

उनले वाथरोगले जोर्नी दुख्ने वा सुन्निने मात्र नभई आँखा, फोक्सो र मिर्गौला जस्ता भित्री अंगहरूमा समेत असर पार्न सक्ने उल्लेख गरिन् । समयमै रोग पहिचान नभए जोर्नी स्थायी रूपमा बिग्रन सक्ने र लुपस वाथका कारण मिर्गौला डायलसिससम्मको अवस्था आउन सक्ने जोखिम रहने उनको भनाइ छ ।

डा. श्रेष्ठले वाथ दीर्घकालीन रोग भएकाले पहिचान भएपछि लामो समयसम्म नियमित औषधि सेवन आवश्यक हुने बताइन् । वाथ कुनै निश्चित उमेर समूहमा मात्र सीमित नरहने र नवजात शिशुदेखि वृद्धसम्म जुनसुकै उमेरमा देखिन सक्ने उनले स्पष्ट पारिन् । उनका अनुसार लुपस वाथ प्रायः १८–२० वर्षका युवतीमा, ढाडसम्बन्धी वाथ ३०–४० वर्षका पुरुषमा र हड्डी खिइने वाथ वृद्धावस्थामा बढी देखिने गर्छ ।

शिविरमा सहभागी अधिकांश बिरामीहरू पहिले नै वाथरोगको निदान भइसके पनि नियमित फलोअप नगरेका पाइएको डा. श्रेष्ठले बताइन् । विशेषगरी ४०–५० वर्ष उमेर समूहका ढाडको वाथ भएका पुरुष तथा ३०–४० वर्ष उमेर समूहका जोर्नी दुखाइ भएका महिलाहरू उपचारका लागि बढी आएको उनले जानकारी दिइन् ।

अल्का अस्पतालले विगतदेखि विभिन्न रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यसपटक वाथरोगमा केन्द्रित शिविरमार्फत बिरामीलाई विशेषज्ञ सेवा, प्रयोगशाला परीक्षण तथा औषधि निःशुल्क उपलब्ध गराएर स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४