Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खोटाङमा विवाह भोज पछि ‘फुड पोइजनिङ’ : सयभन्दा बढी स्थानीय बिरामी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २६ २०८२
  • 1.6K
    SHARES

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा माघ २१ गते भएको विवाह भोज खाएपछि बेहुला–बेहलीसहित करिब सयभन्दा बढी स्थानीय बिरामी परेका छन्। भोज खाएको करिब १२ घण्टापछि ज्वरो, काम्ने र झाडापखाला जस्ता लक्षण देखिन थालेका थिए।

गाउँपालिकाका अनुसार बिरामीको संख्या बढेसँगै माघ २३ गतेदेखि निगालावास भञ्ज्याङमा दिलबहादुर राईको घरमा उपचार शिविर सञ्चालन गरिएको छ। घरको कोठा, सिकुवा, आँगन र पेटीमा ओछ्यान राखेर बिरामीको उपचार भइरहेको छ। अलि सिकिस्त भएका सात बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा राखिएको छ।

उपचारमा गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोली खटिएका छन्। गाउँपालिकाका एम्बुलेन्स, स्ट्रेचर, इलाका प्रहरी कार्यालय चिसापानी र स्वास्थ्य कार्यालयको गाडीमार्फत बिरामीलाई शिविरसम्म ओसार्ने व्यवस्था गरिएको छ।

माघ २५ गते मात्रै ४५ जना नयाँ बिरामी थपिएका छन्। भोज खाएर फर्किएका उदयपुर, काठमाडौं लगायतका पाहुनासमेत बिरामी परेको जनाइएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलका अनुसार भोज खाएपछि बिरामी पर्ने कारण पत्ता लगाउन प्रदेशबाट ‘स्याम्पल’ संकलन टोली पठाइएको छ। प्रारम्भिक अनुमान अनुसार बिरामी पर्नुको कारण ‘फुड पोइजनिङ’ हुन सक्ने बताइएको छ।

गाउँपालिकाले बिरामीको उपचार र निगरानीका लागि आवश्यक जनशक्ति, औषधि र सुविधाको व्यवस्था तत्काल गरेका छन्। स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिहरूले बिरामीलाई घरमै राखेर उपचार गर्ने र थप बिरामी भएमा तत्काल व्यवस्थापन गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४