Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपा अध्यक्ष लिङ्देनको जोड : पार्टी विदेशीको होइन, नेपाली माटोमा संघर्षबाट जन्मिएको


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २६ २०८२
  • 2.8K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वादमा वा कसैको ‘जुठो कुरो’ खाएर बनेको नभएको स्पष्ट पारेका छन्। कामठाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उम्मेदवार बनेकी नेतृ कुन्ती पोखरेलको घरदैलो कार्यक्रममा सम्बोधन गर्दै लिङ्देनले राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको र सबै चुनौती सामना गर्न सक्षम रहेको बताएका हुन्।

अध्यक्ष लिङ्देनले पार्टीलाई कमजोर ठान्न वा निषेध गर्न सकिन्छ भन्ने भ्रम नपर्न चेतावनी दिएका छन्। उनले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंमाथि सरकारले पटक–पटक अवरोध र पक्राउ गरिरहेको भन्दै त्यसको घोर भत्र्सना गरे। “नेपाल सरकारले अहिले जुन ढंगले दुर्गा प्रसाईंमाथि अवरोध सिर्जना गर्ने, पकड्ने र दुख दिने काम गरेको छ, त्यो नियतले गरिएको हो। उनीलाई निष्क्रिय बनाउन अथवा निरुत्साहित गर्न खोजिएको छ,” उनले भने।

लिङ्देनले संविधानले नागरिकलाई वाक स्वतन्त्रता, हिँडडुल, प्रकाशन र विरोधको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै शान्तिपूर्ण विरोध गर्न पाइने भए पनि हिंसात्मक गतिविधि नगर्न सुझाव दिएका छन्। साथै उनले देशमा बढ्दो अतिवाद र विदेशी हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै निर्णायकता नेपालीको हातमा रहनुपर्नेमा जोड दिए।

अध्यक्ष लिङ्देनले मतदातालाई फेसबुक, रिल र टिकटकको आधारमा धारणा नबनाई देशको भविष्य केन्द्रमा राखेर सोच्न आग्रह गरेका छन्। उनले काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवार बनेकी कुन्ती पोखरेल निष्ठावान र सेवा प्रवृतिको व्यक्ति भएको बताउँदै मतदातालाई पोखरेलको पक्षमा मतदान गर्न आग्रह गरे।

लिङ्देनका अनुसार पोखरेललाई मतदान गर्नु भनेको एउटा व्यक्तिलाई मात्र होइन, देश र धर्म जोगाउने अभियानमा सहभागी हुनु हो। उनले निर्वाचन आयोगको आचारसंहिताको सम्मान गर्दै मतदातालाई ‘हलो’ चिन्हमा मतदान गर्न सांकेतिक रूपमा आग्रह गरेका छन्।

यसअघि राप्रपाका नेताहरूले पार्टीमाथि विदेशी हस्तक्षेप र आन्तरिक चुनौतीहरू बढिरहेको आरोप लगाउँदै पार्टीको स्वतन्त्रता र वैधानिक अधिकार कायम राख्न ध्यानाकर्षण गराएका थिए। अध्यक्ष लिङ्देनको भाषणले राप्रपाको राजनीतिक स्पष्टता, पार्टीको राष्ट्रिय माटोमा उत्पत्ति र स्वतन्त्र संघर्षको इतिहासलाई पुनः सशक्त रूपमा पुष्टि गरेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४