Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशको उत्कृष्ट स्वास्थ्यचौकी : बागलुङको नरेठाटी ९८% अङ्कसहित प्रथम स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २६ २०८२
  • 1.4K
    SHARES

बागलुङ । गण्डकी प्रदेशमा बागलुङको गलकोटस्थित नरेठाटी स्वास्थ्यचौकीले न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गर्दै प्रदेशकै उत्कृष्ट स्वास्थ्यचौकीको उपाधि पाएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार नरेठाटी स्वास्थ्यचौकीले स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन, फोहर व्यवस्थापन, मातृ–शिशु सेवा, खोप, परिवार योजना, पोषण, क्षयरोग/कुष्ठरोग सेवा, आकस्मिक प्राथमिक उपचार तथा आवश्यक औषधि र उपकरण उपलब्धताका आधारमा उच्चतम मूल्याङ्कन प्राप्त गरेको हो।

गत वर्ष पनि नरेठाटी स्वास्थ्यचौकीले गण्डकी प्रदेशमै ९६ प्रतिशत अङ्कसहित पहिलो स्थान हासिल गरेको थियो। यस वर्षको मूल्याङ्कनमा ९८ प्रतिशत अङ्कसहित यो स्वास्थ्यचौकी प्रदेशकै उत्कृष्ट स्थानमा रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताए।

घिमिरेका अनुसार स्वास्थ्यकर्मीहरूको मेहनत, लगाव र जिम्मेवारीपूर्ण सेवा प्रवाहको कारण नरेठाटी स्वास्थ्यचौकी उत्कृष्ट बनेको हो। स्वास्थ्यकर्मीहरूले भवनको अवस्था, पानी–बिजुली, शौचालय, प्रतीक्षालय, सेवा कक्ष, अपाङ्गमैत्री पहुँच र सेवाको गुणस्तर सुनिश्चित गर्न योगदान पु¥याएका छन्।

गलकोट–२ का वडाध्यक्ष हेमन्त भण्डारीले पनि फोहर व्यवस्थापन, मानव संशाधन, स्वीकृत दरबन्दीअनुसार कर्मचारी उपस्थिति, तालिमप्राप्त जनशक्ति, ओपिडी, मातृशिशु सेवा, खोप तथा अन्य स्वास्थ्य सेवा क्षेत्रका आधारमा नरेठाटी स्वास्थ्यचौकी प्रदेशकै उत्कृष्ट बनेको जानकारी दिए।

प्रदेशभरका स्वास्थ्यचौकीहरूको मूल्याङ्कनले स्थानीय स्वास्थ्य सेवामा सुधार र गुणस्तरीय सेवा प्रवाहमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४