Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुर्गा प्रसाईं फेरि पक्राउ, काठमाडौंबाट नियन्त्रणमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २४ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनलाई काठमाडौंको चोभर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

यसअघि पनि प्रसाईं माघ ५ गते पोखराबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई काठमाडौं ल्याइएको थियो। तर, माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो।

प्रहरीले प्रसाईंको पछिल्लो पक्राउबारे थप अनुसन्धान भइरहेको जनाएको छ। घटनाबारे विस्तृत विवरण संकलन भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ।

पछिल्लो समय विभिन्न गतिविधि र अभिव्यक्तिका कारण उनी चर्चामा रहँदै आएका छन्। सुरक्षासँग सम्बन्धित संवेदनशील विषयलाई ध्यानमा राख्दै प्रहरीले निगरानी बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४