Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चोटकैबीच चितवन जाँदै रवि, फागुनदेखि बालेनसँग देशव्यापी चुनावी अभियान


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २३ २०८२
  • 1.5K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शारीरिक अस्वस्थताका बाबजुद आफ्नो निर्वाचन क्षेत्र चितवनतर्फ प्रस्थान गर्ने तयारीमा छन् । गत माघ ४ गते जनकपुरमा आयोजित चुनावी सभाका क्रममा घाइते भएका लामिछानेको खुट्टाको चोट अझै पूर्ण रूपमा निको भइसकेको छैन ।

चिकित्सकले आराम गर्न सुझाव दिए पनि चुनावी माहोल तीव्र बन्दै गएपछि उनी चितवन–२ पुग्न लागेका हुन् । सामाजिक सञ्जालमार्फत उनले आफू सोमबार नै चितवन जान चाहेको तर स्वास्थ्य अवस्थाका कारण चिकित्सकले केही दिन रोकेको उल्लेख गरेका छन् ।

चितवन पुगेपछि तत्काल घरदैलो अभियानमा भने उनी सक्रिय हुन नसक्ने पार्टी स्रोतले जनाएको छ । खुट्टाको घाउका कारण लामो समय हिँडडुल गर्न असहज भएकाले उनले बसेकै स्थानबाट राजनीतिक भेटघाट, रणनीति निर्माण र चुनावी समन्वय गर्ने कार्यतालिका तय गरिएको छ ।

फागुनदेखि बालेनसँग संयुक्त अभियान

चितवन बसाइपछि सभापति लामिछाने र रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) साह फागुन महिनादेखि देशव्यापी चुनावी अभियानमा निस्कने तयारीमा छन् । रास्वपा नेतृ प्रतिभा रावलका अनुसार फागुनको पहिलो सातादेखि दुवै नेताले संयुक्त रूपमा सातै प्रदेशका मुख्य स्थानमा पुग्ने योजना बनाएका छन् ।

उनका अनुसार मतदातामाझ पार्टीको एजेन्डा स्थापित गर्ने, संगठन विस्तार गर्ने र चुनावी माहोललाई थप सशक्त बनाउने लक्ष्यसहित देश दौडाहाको कार्यतालिका निर्माण भइरहेको छ ।

पूर्वमा बालेनको चुनावी सक्रियता

यसबीच वरिष्ठ नेता बालेन साह पूर्वी नेपाल केन्द्रित चुनावी अभियानमा सक्रिय छन् । झापा क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका उनले आफ्नो क्षेत्रका साथै आसपासका जिल्लामा पनि पार्टी उम्मेदवारहरूको पक्षमा माहोल बनाउन प्रचार–प्रसार तीव्र पारेका छन् ।

जनकपुर घटनापछि पनि सक्रियता कायम

माघ ४ गते जनकपुरमा आयोजित रास्वपाको ठूलो चुनावी सभामा लामिछाने र साह एकसाथ सहभागी भएका थिए । सोही कार्यक्रममा सहभागी हुने क्रममा पर्खालमा ठोक्किँदा लामिछानेको खुट्टामा चोट लागेको थियो । उपचार र आरामको सल्लाहबीच पनि उनले राजनीतिक गतिविधिलाई निरन्तरता दिएका छन् ।

रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै शीर्ष नेताहरूको संयुक्त अभियानले पार्टीलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरेको छ । लामिछानेको स्वास्थ्य सुधारसँगै देशव्यापी अभियानले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४