Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पर्वतको सुन्तलाले तोड्यो रेकर्ड, ३२ करोडको निर्यात


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १७ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । यस वर्ष पर्वत जिल्लाबाट ३२ करोड पाँच लाख रुपैयाँ बराबरको सुन्तला निर्यात भएको छ । जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट उक्त रकम भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने क्षेत्र बाँसखर्कबाट मात्रै करिब २० करोड रुपैयाँ बराबरको सुन्तला निर्यात भएको छ । त्यसैगरी मल्लाजको पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, मोदी गाउँपालिकाको देउपुर, बाजुङ, चित्रे तथा फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, ठानामौला, लिमिठानालगायत स्थानमा उत्पादन भएका सुन्तला जिल्लाबाहिर निर्यात गरिएको हो ।

यस वर्ष जिल्लामा कुल तीन हजार ४२१ मेट्रिकटन सुन्तला उत्पादन भई बजारमा बिक्री भएको कार्यालयले जनाएको छ । कृषकले सुन्तला प्रतिकिलोग्राम ९५ रुपैयाँदेखि १२० रुपैयाँसम्म बोटबाटै बिक्री गरेका छन् ।

कृषि विकास कार्यालयकी सूचना अधिकारी सोविता सुवेदीले चालु आर्थिक वर्षमा पर्वतमा सुन्तला उत्पादन राम्रो भएको र बजार मूल्यसमेत उत्साहजनक पाएको जानकारी दिइन् । उनका अनुसार उत्पादन र मूल्य दुवै अनुकूल भएकाले किसानमा सकारात्मक ऊर्जा थपिएको छ ।

व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका किसान यस वर्ष राम्रो मूल्य पाएको भन्दै हर्षित बनेका छन् । गाउँ–गाउँमा सडक सञ्जाल विस्तार भएसँगै काठमाडौं, नारायणगढ, पोखरालगायत स्थानबाट व्यापारीहरू बगानमै आएर सुन्तला खरिद गरी लैजाने गरेका छन् ।

सडक सुविधा पुगेपछि किसानले आफैं काठमाडौँ तथा बुटवलका बजारमा सुन्तला पुर्‍याएर बिक्री गर्न पाएको र व्यापारी पनि गाउँमै आएर खरिद गर्ने गरेको किसानहरूले बताएका छन् । फलेवास नगरपालिका–११ का कृषक रामप्रसाद गौतमका अनुसार एउटै टोलबाट मात्रै एक करोडदेखि डेढ करोड रुपैयाँसम्मको सुन्तला बिक्री भएको छ ।

सुन्तलाखेतीलाई प्रोत्साहन गर्न प्रदेश सरकार तथा स्थानीय तहले विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएका छन् । किसानलाई स्थलगत तालिम दिने, गोडमेलमा सहयोग गर्ने तथा चुन, नीलोतुथो लगायतका विषादी उपलब्ध गराउने गरिएको छ ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जस्ता राजमार्ग सञ्चालनमा आउनुका साथै ग्रामीण क्षेत्रसम्म गुणस्तरीय सडक सञ्जाल विस्तार भएपछि सुन्तला बजारीकरण थप सहज बनेको छ ।

किसानहरूले सुन्तलालाई ग्रेडिङ गरेर जेठी, माइली र कान्छी वर्गमा छुट्याई बगानबाटै बिक्री गर्ने गरेका छन् । यहाँको हावापानीका कारण माघको अन्तिम सातासम्म बोटमै सुन्तला रहने भएकाले पनि राम्रो मूल्य पाउन सहयोग पुगेको किसानहरूको भनाइ छ ।

हाल पर्वत जिल्लामा ४०० भन्दा बढी किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । जलजला गाउँपालिका, फलेवास नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न वडामा गरी करिब ८३३ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ । पछिल्ला वर्षहरूमा सुन्तलाखेतीप्रति किसानको आकर्षण निरन्तर बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४