Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मौसमी प्रणाली हटेपछि खुल्यो आकाश, केही भू-भागमा हल्का वर्षा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १६ २०८२
  • 1.1K
    SHARES

काठमाडौं । गत मंगलबारदेखि नेपालमा सक्रिय भएको पश्चिमी न्यूनचापीय प्रणाली बुधबार रातिदेखि बाहिरिएको छ । यो प्रणाली बाहिरिएसँगै आज बिहीबारदेखि देशका अधिकांश भू-भागमा मौसममा सुधार आउने र घाम लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस वर्षको हिउँदमा ढिलो गरी सुरु भएको वर्षा र हिमपातले जनजीवन केही कष्टकर बनाए पनि कृषि क्षेत्रका लागि भने यसलाई ‘अमृत’ मानिएको छ । लामो समयको खडेरीपछि भएको वर्षाले हिउँदे बाली, विशेषगरी गहुँ, जौ र तरकारी खेतीलाई ठूलो राहत पुग्ने कृषि विज्ञहरूको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपटकको वर्षाको प्रभाव सुदूरपश्चिम र कर्णाली प्रदेशमा सबैभन्दा बढी देखियो भने प्रणाली पूर्वतिर सर्दै जाँदा कमजोर बनेको थियो । प्राप्त तथ्याङ्क अनुसार सबैभन्दा बढी वर्षा सुर्खेतमा ४३ मिलिमिटर रेकर्ड गरिएको छ ।

त्यसैगरी रुकुमको सेरागाउँमा ३८, बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, जाजरकोटमा ३३ र मनाङमा ३२.४ मिलिमिटर वर्षा भएको छ । डोल्पा र बाजुरामा पनि ३० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । सङ्घीय राजधानी काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । काठमाडौंमा २.२ मिलिमिटर पानी पर्दा ललितपुर र भक्तपुरमा भने ४.८ मिलिमिटर वर्षा रेकर्ड भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने हल्कादेखि भारीसम्म हिमपात भएको छ ।

आजको मौसम: तराईमा हुस्सु, पहाडमा आंशिक बदली
वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार मौसमी प्रणाली बाहिरिए पनि यसको आंशिक प्रभाव अझै केही स्थानमा बाँकी छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशकै एक-दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना कायमै छ ।

तराईका धेरैजसो स्थानमा भने आज बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ, जसका कारण जनजीवन र यातायातमा केही असर परेको छ । बाँकी क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने र घाम लाग्ने महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातका कारण बढेको चिसोले स्वास्थ्य, पर्यटन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै मौसमविदहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् । विशेषगरी हवाई र सडक यातायातमा कुहिरो र हिमपातले पार्न सक्ने अवरोधलाई ध्यानमा राख्दै यात्रा तय गर्न सुझाव दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४