Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र विधेयक अघि बढ्यो, संसदीय समितिले मस्यौदा प्रतिवेदन पारित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १३ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।

सोमबार सिंहदरवारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरिएको हो ।

समसामयिक हुने गरी सो विधेयकलाई पारित गरिएको समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन् ।

उनले भनिन्, ‘२०२६ सालमा बनेको ऐनलाई हामीले हरेक दफाहरूमा हेरेर समसामयिक बनाउने प्रयास गरेका छौ । र त्यो अनुरूप यो विधेयक परिमार्जित भएको छ । धेरै संशोधनहरूलाई स्विकार पनि गरिएको छ । अहिले जुन यो डिजिटलको युग छ । त्यो युग अनुसार हामीले यो विधेयकलाई परिमार्जन गरेका छौँ ।

विधेयकमा सेन्सर बोर्डका ठाउँमा प्रमाणिकरण समिति राखिएको छ । त्यसैगरी सो समितिको अध्यक्षमा विज्ञहरूलाई नियुक्त गर्ने प्रावधान राखिएको छ । सभापति दाहालका अनुसार सो विधेयकको मस्यौदा प्रतिवेदनलाई भोली (मंगलबार) बस्ने राष्ट्रिय सभा बैठकमा पेश गर्ने कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४