Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नुनढाकीमा जिप खस्दा मृत्यु भएका दुई जनाको पहिचान खुल्यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १३ २०८२
  • 1.5K
    SHARES

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-१ स्थित नुनढाकीमा आइतबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चैनपुर बजारबाट बिहीबारेतर्फ यात्रु लिएर जाँदै गरेको बोलेरो जिप गन्तव्य नपुग्दै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरूमा चैनपुर नगरपालिका-१ मैदाने निवासी वीरबहादुर लिम्बु र सोही वडाको पैरे गाउँ बस्ने १७ वर्षीय अनिष थक्लुङ रहेका छन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनालीले दिएको जानकारी अनुसार, प्रदेश १-००१ च ८२४७ नम्बरको जिप आइतबार राति नुनढाकी नजिकै सडकबाट खसेको थियो । दुर्घटनास्थलमै र उपचारका क्रममा गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेहरूमा चैनपुर-१ सिङरीङका ३४ वर्षीय निमदोर्ची शेर्पा, ९ वर्षीय बालक पेम्बा शेर्पा र पाँचथरको फिदिम नगरपालिका-४ माझिटारका २८ वर्षीय दिपेश माझी रहेका छन् । उनीहरूको अवस्थालाई मध्यनजर गर्दै थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४