Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज प्रतिनिधिसभा उम्मेदवारको नामावली प्रकाशन, माघ ९ मा नाम फिर्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ९ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने भएको छ। मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्न लागिएको आयोगले जनाएको छ।

मंगलबार साँझसम्म मनोनयन दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी संकलन गरेको थियो। बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी लिइएको हो। दर्ता भएका उजुरीमाथि बुधबार साँझ नै जाँचबुझ सम्पन्न भइसकेकोले आज नामावली प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ। आयोगको कार्यतालिकाअनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

यसैगरी, माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार हालसम्म पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी १ गरी कुल ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ।

यसपटक जेनजी आन्दोलनका कारण संसद विघटन भई कार्यकाल पूरा नहुँदै प्रतिनिधिसभा निर्वाचन हुन लागेको हो। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको छ।

निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुनेछन्। जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० मतदाता रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४