Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि सभा निर्वाचन : रामेछापमा १७ जनाकाे उम्मेदवारी दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ७ २०८२
  • 2.4K
    SHARES

रामेछाप जिल्लामा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी १७ जनाले आफ्नो मनोनयन दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयसीमाभित्र उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गरेका हुन्।

उम्मेदवारी दर्ता गर्नेहरूमा प्रमुख दल र नेताहरू यसप्रकार छन्:

  • नेपाल मजदुर किसान पार्टी (नेमकिपा): केसरी श्रेष्ठ

  • नेपाली कम्युनिस्ट पार्टी: श्यामकुमार श्रेष्ठ

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.): गोरे तामाङ

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): कृष्णहरी बुढाथोकी

  • नेकपा एमाले: माधवप्रसाद ढुङ्गेल

  • नेपाली कांग्रेस: रामचन्द्र खड्का

  • राष्ट्रिय जनमोर्चा: अर्जुन बहादुर थापा मगर

स्वतन्त्र उम्मेदवारका रूपमा: अरुण कार्की, बाबुकाजी खड्का, सन्तोष घिमिरे।

अन्य दलबाट:

  • श्रम संस्कृति पार्टी: ढाल बहादुर खपाङी मगर

  • नेशनल रिपब्लिक पार्टी: याम बहादुर मोक्तान

  • उज्यालो नेपाल पार्टी: दीप बहादुर योन्जन

  • प्रगतिशील लोकतान्त्रिक पार्टी: बिरेन्द्र श्रेष्ठ

  • आम जनता पार्टी: पदम बहादुर तामाङ

  • मंगोल नेशनल अर्गनाइजेसन: विनोद घिसिङ

  • नेकपा (माओवादी): यमुन बहादुर बस्नेत

निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। अब उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न वितरण, र प्रचार–प्रसारका कार्यक्रम अघि बढाइनेछ।

उम्मेदवारी दर्तासँगै रामेछापमा चुनावी माहोल तातेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४